पप्पु कन्स्ट्रक्सनले पुल बनाएन, खोला तर्दा मान्छेनै ब’गे
सिन्धुली । सिन्धुलीबाट ओखल्ढुंगा, खोटाङ, सोलुखुम्बु र भोजपुर जोड्ने सिन्धुलीको सखु खोलामा बर्षौंदेखि पुल बनेका छैनन। मध्य पहाडी लोकमार्ग अन्तर्गतको यी पुलहरु नबन्दा यस क्षेत्रका सडक प्रयोग गर्ने मानिसहरुले सास्ती भागिरहेका छन् । कुल लागत १० करोड ४३ लाख रुपैया रहेको यो पुल २०७० सालमा बनिसक्नुपर्ने थियो । म्याद सकिएएर पनि ६ बर्ष बढी भयो । यो पुलको ठेक्का पनि समयमा काम नगरेर नम्बर १ बनेको पप्पु कन्स्ट्रक्सनको हो ।
पप्पुले कहिले काम पूरा गर्ने हो, कसैलाई थाहा छैन् । मोटरेबल पुल नबन्दा स्थानीयहरु जो’खिम पूर्ण यात्रा गरिरहेका छन। केही समय अघि मात्रै खोला पार गर्दा ओखलढुंगा केतुकेका एक व्यक्तिलाई करीब १ कलोमिटर सखु खोलाले ब’गाएको थियो । खोलामा एक किलोमिटर ब’गेका उनलाई समयमा उ’द्धार नगरेको भए केही बेरमै यो खोला सुनकोशी नदीमा मिसिदै थियो । त्यसपछि उनको उ’द्धार असम्भव हुन्थ्यो ।
यस्तै मध्य पहाडी लोकमार्गमै पर्ने बादुरा खोलाको पुल निर्माणको काम पनि अलपपत्र छ । आर्थिक वर्ष २०६६/६७ मा सगरमाथा घिमिरे निर्माण कम्पनीले ठेक्का पाएको यो पुल बनाउन पटक–पटक म्याद थपिसकेको छ, तरपनि पुल बन्ने छाँट छैन् । १० बर्ष पुग्न लाग्यो, तर पनि पुल बन्दैन । कुल लागत ३ करोड ५१ लाख १४ हजार ९ सय ४७ रुपैया रहेको यो पुल २०७४ सालमै बनिसक्नु पर्ने थियो ।


