गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार यो विमानस्थल जिटुजी मोडलबाट संचालनको निर्णय अनुसार म्युनिखले ठोस प्रस्ताव ल्याएको छ । उक्त प्रस्तावको निकै नजिक रहेर छलफल भइरहेको र छिट्टै निश्कर्षमा पुगिने उनको भनाइ छ ।

यो विमानस्थल आगामी डिसेम्बर सम्म निर्माण सकिने र त्यसपछि संचालनको प्रक्रिया थालिने उनले जानकारी दिए । शनिबार संचारकर्मी हरुसँगको अनौपचारिक छलफलमा मन्त्री भट्टराईले यो जानकारी दिएका हुन् । भैरहवा विमान स्थलमा उडानका लागि वायुसेवा कम्पनीलाई आकषिर्त गर्न छिट्टै प्याकेज समेत सार्वजनिक गरिने उनले जानकारी दिए ।

म्युनिख विमानस्थलको प्रस्तावलाई पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको एक टोलीले विस्तृत अध्ययन गरेको छ। टोलीले अध्ययन गरेको र म्युनिखसँगको छलफल पनि अगाडि बढाएकाले प्रस्ताव उपयुक्त ठहर गरेर मन्त्रीसमक्ष पेस गर्नेछ। मन्त्रीले प्रस्तावलाई मन्त्रिपरिषद् लगेर निर्णय गराएपछि औपचारिक रूपमा नै म्युनिखसँग सम्झौता हुन सक्ने जानकारी पर्यटन मन्त्रालयका एक अधिकारीले दिए।

न्त्रिपरिषद्को गत जेठ १६ गतेको बैठकले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यावसायिक सञ्चालनका लागि जीटूजीमा सम्झौता गर्ने कार्य अगाडि बढाउन स्वीकृति दिएको थियो। उक्त निर्णयअनुसार निर्माण अन्तिम चरणमा पुगेको यो विमानस्थल सञ्चालन गर्न विदेशी मुलुकसँग सम्झौता गरेर सञ्चालन गर्न दिनुपर्नेछ। यो विमानस्थल सञ्चालनसँगै विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने कार्यक्रम घोषणा गरिनेछ।

लुम्बिनी आउने बुद्धिष्ट पर्यटकलाई ध्यान दिँदै जापान, कोरिया, थाइल्यान्ड, बर्मा, श्रीलंकासहितका देशबाट उडान आग्रह गरिनेछ। यी देशबाट आउने वायु सेवालाई सरकारले छुट दिएर नेपाल उडानमा आकर्षित गर्नेछ । यसका लागि सरकारले छिट्टै विशेष सुविधा तथा नयाँ आउने वायुसेवाले दिने छुटको घोषणा गर्नेछ। त्यस्तै, भ्रमण वर्षको शुुभारम्भसँगै साताव्यापी कार्यक्रम सञ्चालन हुनेछ। केन्द्रदेखि प्रदेश तहसम्मको कार्यक्रम गरिनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।