दसैँअघि नै मुख्य २२ सहरमा टेलिकमले फोरजी सेवा विस्तार गर्ने
काठमाडौं, असोज ५ । टेलिकमले दसैं अगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ।
कम्पनीले आगामी माघसम्म देशभरका मुख्य २२ सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य लिएको खबर आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन्।
पहिलो चरणमा सहरबाट सेवा विस्तार गर्ने योजनामा रहेको टेलिकमले देशभर माघसम्म कुनै पनि ठाउँ बाँकी नरहने गरी कभरेज पुर्याउँदैछ।
टेलिकमको फोरजी एलटीई परियोजना १८ अर्ब रुपैयाँ लागतको हो।


