अनौठो खालको पत्नीव्रता पन्छी राजधनेश ! यस्ता छन् स्वभाव

काठमाडौं, असोज ६ । कञ्चनपुरको चुरे फेदमा रहेको ब्रम्हदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमै दुर्लभ मानिएको राजधनेश र राजलाहाचे चरा फेला परेका छन्।

केही दिनअघि जीवविज्ञले सर्वेक्षण गर्नेक्रममा यी दुई प्रजातिका चरा फेला परेको खबर आजको नागरिक दैनिकमा महेन्द्रनगरबाट राजेन्द्र भट्टले लेखेका छन्।

पंक्षी संरक्षण संघका जीवविज्ञ हिरुलाल डंगौराले ब्रम्हदेव जैविकमार्गस्थित बन्दाताल क्षेत्रमा विश्वमै दुर्लभ मानिएको राजधनेश र राजलाहाचेसहित ८८ प्रजातिका चरा फेला परेको बताए।

हेलमेट जस्तो रंगिन टाउको हुने राजधनेश धनेश प्रजातिमा सबैभन्दा ठूलो चरा हो। नेपालमा राजधनेशको संख्या एक सय ५० भन्दा कम रहेको अनुमान गरिएको छ।

गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेश ठूलो बुढो रुखको टोड्कामा गुँड बनाएर बस्छ। यो पंक्षीले वर्षायाममा प्रजनन् गर्छ। राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्च नहुर्कन्जेलसम्म टोड्कामा रहेको गुँडमा थुनेर राख्छ।

धनेश जोडीले हिलो माटो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन्। त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावार आहारा लिने गर्छ।

ओथारो अबधिभर पोथीलाई र त्यसपछि बच्चलाई पनि भालेले नियमित रुपमा बाहिरबाट आहारा खुवाउने गर्छ। यही स्वभावका कारण राजधनेशलाई पत्नीब्रता पंक्षी भनिने गरेका डंगौराले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖