बजारमा आउँदै १३ अर्बका नयाँ नोट, यसरी चलेको थियो दसैँमा नयाँ नोट साट्ने चलन

काठमाडौं, असोज ६ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैँकले १३ अर्ब रुपैयाँबराबको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ।

यसपटक राष्ट्र बैँकले पहिले नै छापिएका सुकिला नोटसमेत वितरण गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा विजयराज खनालले लेखेका छन्। हरेक वर्ष नयाँ नोट वितरण गरिने तर त्यसको सर्वसाधारणबाट हिफाजत नहुने गरेकाले राष्ट्र बैँकले यस्तो नीति अख्तियार गरेको हो।

यसरी चल्यो नयाँ नोटको चलन

नेपाल राष्ट्र बैँकका प्रथम गभर्नर हिमालयशम्शेर जबराका अनुसार नेपाल राष्ट बैँकको स्थापना ०१३ सालमा भयो। त्यतिबेलासम्म मुलुकमा भारतीय मुद्राको दबदबा थियो।

त्यसो हुँदा मुलुकमा नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैँकले ०१५ /०१६ सालबाट दसैँमै नयाँ नोट निष्कासन गर्न थाल्यो। दसैँमा नयाँ लुगा लगाउने, नयाँ सामान जोड्ने संस्कृति छँदैछ।

त्यस्तै संस्कृतिलाई जोडेर दक्षिणाका रुपमा नयाँ नोट दिने चलन चलाइयो। यसले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो सहयोग गरेको थियो। किनभने गाउँ-गाउँमा नयाँ नोट पुग्ने माध्यम यही हुन्थ्यो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖