बसको टिकट काट्न बिहान ३ बजेदेखि लाइन

काठमाडौं, असोज ६ । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ।

दसैँ मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन्।

आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए।

‘टिकट नपाएर टीका रोकिने हो कि भनेर डराउनुपर्दैन । हामी दसैंमा पनि टिकट पाउने व्यवस्था गर्छौं,’ उनले भने, ‘तर, हामीले सरकारसँग सडक बाटो बनाउन आग्रह गरेका छौं । सडक बाटो बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो छ।’

महासचिव सिटौलाले सोमबार र मंगलबार सर्वसाधारणले कति टिकट काट्छन्, त्यसअनुसार बस थप्नुपर्ने वा विकल्प खोज्नुपर्नेबारे समीक्षा गरेर अघि बढ्ने बताए।

‘अब हामी १÷२ दिनको अवस्था हेरेर सरकारसँग सल्लाह गर्छौं, विकल्पबारे पनि सोच्छौं । तर, मुख्य कुरा सडक बिग्रिएर र भत्किएर गाडी रोकिने अवस्था आउनुभएन, यसमा सरकारले बढी ध्यान दिनुप¥यो।’

अग्रिम बुकिङ हुने ठाउँहरू
उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तीलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा र लगनखेललगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिनेछ।

दसैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनको अनुगमन र यात्रुहरूको समस्या समाधानका लागि उपत्यकामा १० असोजबाट विभिन्न १३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको हो।

गत वर्ष १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । अहिले सोही संख्यामा उपत्यकाबाट बाहिरिने व्यवसायीको अनुमान छ । दसैंको समयमा एकैचोटि धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले पहिले नै टिकट काट्ने गरिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖