कक्षा ११ को परीक्षामा विज्ञानतर्फ छात्र अरबिन नेपाल प्रथम भएको दाबी

चितवन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । नियमित र आंशिक परीक्षार्थीको परीक्षाफल प्रकाशित गरेको बोर्डले जनाएको छ ।यसै गरी नवलपुरको गैडाकोटमा रहेको अक्सफोर्ड कलेजले आफ्नो कलेजमा अध्यनरत छात्र अरबिन अमगाई कक्षा ११ को विज्ञान विषयतर्फ नेपाल प्रथम भएको दाबी गरेको छ । “छात्र अमगाईले ३.९२ जीपीए ल्याएर नेपाल प्रथम हुन सफल भएको कलेजका प्रिन्सिपल हरि भण्डारीले कालिका न्युज डटकमलाई जानकारी दिए ।”नियमित तर्फको नतिजालाई जीपीए अनुसार नौ किसिमले बाँडिएको छ ।

तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने १३ हजार ७ सय ७२ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना छन् । यस्तै २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् भने २.०१ देखि २.४० जीपीए प्राप्त गरेका विद्यार्थी संख्या ८४ हजार २ सय ३९ छ ।सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेको छ ।

गत वैशाख २९ देखि जेठ ८ गते सम्म भएको परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए ।तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।यसैबीच बोर्डले नतिजासँगै पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । आउँदो कात्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार गरी २ दिन पूरक परीक्षा हुने छ । कात्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ । यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖