घरघरमै पुगेर सामाजिक सूरक्षा भत्ता बितरण

धनकुटा खबर । अहिले आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकको सामाजिक सूरक्षा भत्ता वाँड्ने कार्य भईरहेको छ । जसअनुसार धनकुटाको पाख्रीवास नगरपालिकाको विभिन्न वडाहरुमा भत्ता वितरणको काम जारी छ ।

पाख्रीवास नगरपालिकाको ४ नं वडाले अति अशक्त तथा अपाङ्गताको घरघर मै पुगेर आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकको सामाजिक सूरक्षा भत्ता वितरण गर्न आजवाट शूरु गरेको छ । निरन्तरको वर्षातलाई समेत पर्वाह नगरी र्याङकोट ओढेरै स्वास्थ्यकर्मी र सूरक्षाकर्मी सहितको टोली सँग पूर्व उप-प्रधानपञ्च तथा वडाको सवैभन्दा जेष्ठ नागरिक ९८ वर्षका दिल वहादुर गुरुङ्गलाई सामाजिक सूरक्षा भत्ता वितरण गर्दै वडाले यो कामको आरम्भ गरेको हो ।

४ नं वडा कार्यलय परिवार,ईलाका प्रहरी कार्यलय पाख्रीवासका सई दिलिप चौधरी र नगर स्वास्थ्य संयोजक महम्मद स्माईलको टोलिले स्वास्थ्य जाँच गर्दै आधा केजी हर्लिक्स, फ्रुटी सहित सामाजिक सूरक्षा भत्ता समेत वितरण गरेको वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो । यही कार्यक्रम अन्र्तगत भोलि पाख्रीवास भ्यूमा जेष्ठनागरिक सम्मान तथा सामाजिक सूरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरि कार्यक्रममा आउन सक्नेहरुलाई भत्ता प्रदान गरिने र बाँकीलाई पून:घरघर मै गएर भत्ता उपलव्ध गराईने वडाले जनाएको छ ।

त्यस्तै गरी पाख्रीवासका अन्य वडाहरुमा पनि टोल टोलमा गएर र वडावाटै पनि सामाजिक सूरक्षाभत्ता वितरण भईरहेको छ । जसअनुसार ३ नं वडामा पनि पहिला मासिक २ हजार लिदै गरेकाहरुले ३ हजार र पहिला १ हजार लिदै गरेकाहरुले २ हजार सामाजिक सूरक्षा भत्ता वडा कार्यलयवाटै वितरण भईरहेको कार्यवाहक वडाध्यक्ष सरोज राईले वताउनुभयो ।

उता ८ नं वडामा पनि कतिपय स्थानमा टोल टोलमा पुगेर र कतिपयलाई वडा कार्यलयवाटै भत्ता उपलव्ध गराईरहेको नं ८ का वडाध्यक्ष सिताराम राईले वताउनुभयो । उता ५ नं वडामा पनि घर घर मै गएर भत्ता उपलव्धराईएको वडाध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।