अ’ल्पायु मै छोराको नि’धन भएपछि सासु ससुराले छोरीसरह घरबाटै अ’न्माए बुहारी
केराबारी : मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै वि’वाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अ’ल्पायुमै कुवेर प्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको नि’धन भएपछि ए’कल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले वि’वाह गरिदिएका हुन् ।
दशवर्ष अगाडी ए’कल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्र’भलादमी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीबार विवाह गरिदिएका हुन । सुनिता र पुण्यप्रसाद बिच २०६५ सालमा विवाह भएको थियो। वि’रामी हजुरबालाई उ’पचार गर्न अ’स्पताल लैजादै गर्दा मोटर साईकल दु’र्घटनामा परी पुन्यको नि’धन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् ।
पोख्रेल केराबारी ९ कै घंघरुस्थित स्वा’स्थ्य संस्थामा कार्यरत थिए। श्रीमानको नि’धन पश्चात घर परिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन। माईतमा बसेर शिक्षण गर्दै आएकी उनको छोरी अहिले १३ वर्षकी भएकी छिन। आफ्नो ए’कल बुहारीलाई कुवेर प्रसादले आफ्नो रिती’रिवाज विवाह गरी वि’दाई गरेपछि पोख्रेल परिवार मात्र होइन, छरछिमेक पनि खुशी भएका छन् ।


