यी हुन पहिलो ‘मिस धनकुटा’ !, को हुन यिनी ?

धनकुटा खबर । प्रथम मिस धनकुटा २०१९ वन्न सफल सावित्रा घिमिरे (रोजा नानु) बुवा कृष्णबहादुर घिमिरे र आमा गोमा घिमिरे को कोखवाट धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ मा जन्मिनुभएकी हो । उहाँ हाल स्नातक तह चौथो बर्षमा अध्यनरत एक विद्यार्थी हुनुहुन्छ ।

२०७३ सालमा जाल्पा देवी क्याम्पसको सभापति अनेरास्ववियु जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । युवा जोस र जागरको सदुपयोग गर्दै आफ्नै लगनशिलतामा अघि वढिरहनुभएकी सावित्रा युवाहरुले अवसरहरुको खोजि गर्ने हैन अवसरको सृजना गरी स्वरोजगार बन्नु पर्छ भन्ने सोच राख्नुहुन्छ ।

यही सोचवाट अभिप्रेरित भइ आफ्नै अग्रसरतामा दिगो कृषि व्यवसाय प्रवर्द्धन केन्द्र (Sabic) नामक गैरसरकारी संस्था दर्ता गरि नेतृत्व प्रदान गर्दै आउनुभएको छ । स्वलगानिमै पाख्रीवासमा रोजा गल्स होस्टेल समेत सञ्चालन गरिहनुभएकी उहाँ कृषि प्रयर्टनको क्षेत्रमा युवाहरुलाई रोजगारी सृजना गर्ने र आफु पनि स्वरोजगार बन्ने उद्देश्यले राेजा फल्स हाेमस्टे एण्ड एग्रोटुरिज्म नामक संस्थाको नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।

यसरी आफ्नै लगनशिलता र मेहनतमा विश्वास राखि अघि वढिरहनुभएकी सावित्रा हालै मात्र ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंले महिलाको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ धनकुटामा सञ्चालन गरेको मिस धनकुटा–२०१९ मा जिल्लाका २७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम मिस धनकुटा २०१९ वन्न सफल हुनुभएकी हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।