छिन्ताङ शहिद कप : सेमिफाईनलमा ४ समूह प्रवेश
धनकुटा खबर । मितेरी युवा क्लब सफैटार शहिदभूमी गाउँपालिका १ छिन्ताङ धनकुटाको आयोजनामा जारी ७ औँ छिन्ताङ शहिद कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा विभिन्न ४ समूह प्रवेश गरेकाछन् ।
क्वाटरफाईनल अन्र्तगत आज भएको खेलवाट पथरी मोरङ्ग, धरान १७, स्वतन्त्र युवा जागरण समुह सागुढीगढी ८ बी,अजम्बरी युवा क्लब सागुढीगडी ७ फेदी सेमिफाईनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको आजको पहिलो खेलमा पथरी मोरङ्गले शहिदभूमी गाउँपालिका ७ सिम्राहा लाई ५–१ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो भने धरान १७ ले स्वतन्त्र युवा जागरण समुह सागुढीगढीलाई २–० गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
त्यस्तै स्वतन्त्र युवा जागरण समुह सागुरीगढी ८ बी ले शहिदभूमी २ कागुनेलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्यो भने अजम्बरी युवा क्लब सागुढीगडी ७ फेदीले सरस्वती युवा क्लब गोपालपुरलाई ०-२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्यो । प्रतियोगितामा धनकुटा, भोजपुर, मोरङ्ग, सुनसरीका २६ टिमले सहभागिता जनाएकाछन् ।
प्रतियोगिताको विजयी प्रथमसमूहले नगद ७५ हजार १ सय ५१ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद ३० हजार १ सय ५१ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छ ।
त्यस्तै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता लाई नगद ३ हजार १ सय ५१ मेडल,प्रमाण पत्र प्रदान गरिने प्रतियोगिता आयोजक क्लबका अध्यक्ष दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो । शहिदहरुको सम्झना र क्लबको ११ औँ बाषिक उत्सबको अबसरमा कार्तिक २ गते बाट सुरु भएको हो ।


