‘सुकेको कागते फुक्दैछ’

धनकुटा खबर । “सुकेको कागते फुक्दैछ” यो भनाई हो धनकुटा ३ पात्लेका स्थानिय तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त धनकुटाका जिल्ला सदस्य मीन बहादुर कार्कीको ।

कामको शिलशिलामा ३ नं वडा कार्यलय मै संयोगवश भेटिनुभएका कार्कीले वडाको विकास निर्माणको विषयमा सामान्य कुराकानी चलिरहदाँ सुकेको कागते फुक्दै गरेको कुरालाई जोड्नुभएको हो । उहाले अहिले धनकुटा नगरपालिका वडा नं तीन कागतेमा निर्माण गरिएको कागतीको स्तम्भलाई लक्षित गर्दै त्यस्तो वताउनुभएको हो ।

खासगरी यसअघि मानिसहरुको चलपहल कम मात्रामा मात्र हुने त्यस स्थानमा कागतीको स्तम्भ निर्माण गरिएपछि निक्कै सकरात्मक परिणाम देखिएको वताउनुभयो । उहाँका अनुसार यसअघिको समय र अहिलेको समयलाई तुलना गरेर हेर्ने हो भने स्तम्भ निर्माण गरिएको ठाउँमा धेरै मानिसहरुको चहलपहल हुनेगरेको छ । यसले वडावासीलाई नै फाईदा हुने उहाँको भनाई छ ।

यो स्तम्भ वडा र नगरको गरी जम्मा ७ लाख ५० हजार लागतमा निर्माण गरिएको वडाले जनाएको छ । स्थानिय तहको चुनावको समयमा जनता माझ आफुले गरेको प्रतिवद्धता अनुसार स्तम्भ निर्माण गरिएको धनकुटा नगरपालिका ३ का वडाध्यक्ष विकास घिमिरेले वताउनुभयो । अमिलो जातको फलफुल कागती, जुनार, सुन्तलाले परिचित यो ठाउँको पहिचानको जगेर्ना र विकास गर्दै पर्यटक आकर्षणका लागि यो स्तम्भ निर्माण गरिएको होे ।

उहाँले पनि त्यहाँ कागतीको स्तम्भ वनिएपछि मानिसको आगमन वढ्दै गएको वताउनुभयो । यसलाई थप आकर्षक वनाउन तिहार अगावै स्ताम्भ वरिपरी ५ देखी ९ वटा वत्ती जडान गरिने र त्यसपछि फलैचाहरु समेत निर्माण गरिने योजना रहेको जानकारी गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।