भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना

काठमाडौं । पूर्वउपप्रधान र अर्थमन्त्री तथा दि’वंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृ’तिमा अक्षयकोष स्थापना गरिने भएको छ ।

अधिकारीको प्रथम वा’र्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जि’वितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिए । दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चा’हना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए ।

अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदारदेखि उनले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकर्लाइ ऐच्छिक रुपमा रकम दा’नका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ । कोषबाट प्राप्प ब्या’ज आमदानी रकमबाट हरेक वर्ष पिताको वार्षि’कीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वा’र्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) पुस्तक समेत सार्वजनिक गर्ने भएको छ । पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता÷कार्यकर्ताका, पूर्वअर्थमन्त्रीहरु पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान, पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछन् । यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदाका प्रशासनिक नेतृत्वको उच्च तहमा रहेकाहरुका विचारसमेत समेटिनेछन् ।

यस्तै फाउण्डेशनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वा’र्षिकीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

एमाले नेतृत्वको नौ महिने अ’ल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाएका अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ साल फागुन १८ गते नि’धन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।