पर्यटकलाई लक्षित गर्दै धनकुटाको कागतेमा ग्रीन पार्क निर्माण कार्य जारी

धनकुटा खबर । पर्यटकलाई लक्षित गर्दै धनकुटा ३ कागतेमा ग्रीन पार्क निर्माण कार्य जारी छ । यसअघि प्रदेश सरकारको १० लाख लागतमा पार्क निर्माण गर्न लागिएको ठाउँ परिपरी पर्खाल उठाउने, रेलिङ लगाउने, चौतारा निर्माण गर्ने सहितका काम गरिसकिएको छ ।

यो पार्कको लागि यस वर्ष प्रदेश सरकारले नै ३० लाख रकम विनियोजन गरेको धनकुटा नगरपालिका ३ का वडाध्यक्ष विकास घिमिरेले वताउनुभयो । उहाँका अनुसार शिल ढुंगा सामुदायीक वनको जग्गामा निर्माण शूरु गरिएको यो पार्कमा उल्लेखित रकम मार्फत यस वर्ष अन्य अन्य कामहरु गरिने छ ।

ग्रीन पार्कलाई शिलढुंगा पार्क सम्म जोड्ने योजना रहेको उहाँले वताउनुभयो । वडा नं ३ को ग्रीन पार्क देखी वडा नं ६ शिलढुंगा पार्क करिव २ सय मिटर दुरी टाढा रहेको छ । शिलढुंगा पार्कमा पनि यसअघि चौतारा वनाउने, शौचालय वनाउने लगायत २५ लाखको काम गरिसकिएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यो पार्कको लागि भने यस वर्ष १० लाख रुपयाँ छुट्याईएको छ । पर्यटकहरुको सेवालाई ध्यानमा राखेर यी दुई पार्क निर्माणको काम निरन्तरता दिदै वरिपरी वृक्ष रोपण समेत गर्दै यो वर्ष दुवै पार्कलाई जोड्ने पदमार्ग निर्माण गरिने ३ वडा कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖