म्याग्दीका तीनहजार बढी जनता कृ’षिबाटै आ’त्मनिर्भर

म्याग्दी। नेपालमा अझै पनि कृ’षि पे’शालाई सम्मानजनक पेशाको रुपमा अपनाउन न’सकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृ’षिबाट नै आ’त्मनिर्भर बनेका छन। चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दी को अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका छन् ।

लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृष’कको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्र फलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमीन मात्र खेती योग्य रहेको कृ’षि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृ’षिमा आ’श्रित रहेको भए पनि उनीहरुले व्यावसायिक रुपमा उत्पादन गर्न सकेका छै’नन् भने सात प्रतिशत जनताले व्यावसायिक रुपमा नै कृ’षि पेसा अंगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहु, धौलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाको बिम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्ले खेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायतका गाउँका अधिकांश जनता कृषिबाट नै आ’त्म निर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका सम्बन्धित गाउँ पालिका र नगरपालिकाका जनप्रति निधिले बताएका छन् ।

यी गाउँमा व्यावसायिक रुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभेडा, साग, लहरे प्रजातिका तर कारी बढी उत्पादन हुने गरेका छन् । जिल्लाका दोसल्ले, बरङ्जा, बिम, भकिम्ली, राखु, बास्कुना लगायतका गाउँमा सुन्तला बेचेर नै वार्षिक रुपमा पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसै गरी बेनी नगर पालिका–२ खबराको एउटै गाउँमा केरा बेचे’र मात्र गत वर्ष ५० लाख भन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनु भयो । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक ४७ करोड भन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको त’थ्याङ्कमा उल्लेख छ ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि ब’रदान सावित भएको बताउनु भयो । छ वर्ष अघि के खा’उँ र के ला’उँको अ’वस्थामा रहेका सापकोटा अहिले कृ’षिबाट नै रु एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल हुनु भएको छ । त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रबहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटा लगायतका कृषकले व्यावसायिक कृषिबाट नै करोडौँ रुपैयाँ कमाउन सफल हुनु भएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।