इटालियन सिरिएमा मिलान विजयी
एजेन्सी । इटालियन सिरिएमा एसी मिलानले जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा स्पाललाई १–० ले ह’राउँदै मिलान १०औं स्थानमा उक्लिएको छ ।
खेलमा मिलानलाई जित दिलाउनका लागि सुसोको दोस्रो हाफको गो’ल नि’र्णायक बनेको थियो । खेलको ६३औं मिनेटमा उनले गो’ल गरेका थिए ।
जितसँगै मिलानले सिरिएमा १३ अंक बनाएको छ । सिरिएको शीर्ष स्थानमा युभेन्टस छ । उसले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टरमिलानको २५ अंक छ ।


