अमेरिकावासी यी नेपालीको सु’झाव : अमेरिका जाँदैमा च’मत्कार हुँदैन

काठमाडौं, कार्तिक १५ । डोटीको चुडीमा जन्मिएका वासुदेव फुलाराको बाल्यकाल चरम ग’रिबीमा बित्यो। फुलाराले सने २००१ मा त्रिभुवन विश्वविद्यालयबाट का’नुनमा स्नातकोत्तर टप गरेका थिए। सन् २००५ मा अमेरिकामा पुगेपछि भने उनको जीवनमा परिवर्तन देखापर्न थाल्यो।

फुलाराले अमेरिका पुगेपछि भ्कार्गाेजो ल स्कुलबाट मास्टर्स इन ल गरे। त्यसपछि अमेरिकामा का’नुनी रूपमा काम गर्न थालेका वासुदेवले अहिले अथक प’रिश्रमको बलमा राम्रो स्टाटस बनाएका छन्। न्युयोर्कको अति व्यस्त ठाउँ टाइम स्क्वायरको चर्चित भवन पारामाउन्ट बिल्डिङमा उनको ल अफिसेस अफ बासु डी फुलारा पिसी नामको अफिस छ। फुलारा टाइम्स स्क्वायरको कोर एसियामा अफिस हुने सम्भवतः एक्ला नेपाली हुन्।

नेपाली समाज, त्यहाँका नेपालीको अवस्था, अमेरिकी समाज तथा नेपालीका समस्या आदि नजिकबाट नियालेका फुलारासँग मुकुन्द बोगटी र जनक तिमिल्सिनाले गरेका कुराकानी आज कात्तिक १५ मा प्रकाशित शुक्रबार साप्ताहिकले छापेको छ। प्रस्तुत छ, त्यस एक अंश :

नेपालबाट अमेरिका जाने मुख्यतया दुई वर्ग छन्। एउटा विद्यार्थी र अर्काे अमेरिकामा च’मत्कार हुन्छ भनेर जाने मध्यम उमेर समूह। उनीहरूलाई के सु’झाव दिनुहुन्छ?

अमेरिका पुग्दैमा च’मत्कार हुँदैन, डीभी पर्दैैमा च’मत्कार भैहाल्ने होइन। अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र च@मत्कार हुन सक्छ। त्यस्तो च’मत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ। अमेरिका जाँदैमा, डीभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा च’मत्कार हुँदैन, त्यहाँ गएर कडा मि’हिनेत गर्नुपर्छ, १८–२० घण्टा काम गर्नुपर्छ, फि’जिकल कामहरू त्यस्तै हुन्छन्, मे’न्टल प्रे’सर पनि धेरै हुन्छ।

नेपालबाट प्लस टु गरेर अमेरिका गएको छ र त्यहाँ काम गर्दै पढ्ने हो भने जिन्दगीभरिका लागि दुः’ख मात्र हुन सक्छ। दुः’ख गर्न भौतिक क्षमता पनि चाहिन्छ। अमेरिका गएर पढ्न सक्यो, राम्रो डिग्री लिएको छ, टेक्निकल्ली स्ट्रोङ माइन्ड छ भने मात्र च’मत्कारको बाटो खुल्न सक्छ। अहिले पनि अमेरिकामा प्रे’सरमा काम गर्ने र डि’प्रेसनमा गएका थुप्रै नेपाली छन्। काम गर्न नसक्नेलाई अमेरिकामा धेरै गाह्रो छ भने अनु’सन्धानकर्ता तथा एकेडेमिसियनहरूलाई अवसर छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।