प्रधानमन्त्री ओली भेटघाट ब’न्द गरेर आराममा, कस्तो छ स्वा’स्थ्य ?

काठमाडौं । मृ’गौलाको डा’यलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित भेटघाट रोकेर शुक्रबार आराम गरेका छन्।

चि’कित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सु’झाव दिएका छन्। त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए। दाहाल र पोखरेलसँगको कुराकानी पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् । पार्टी भित्र लामो समयदेखि पार्टी एकताका काम रो’किइरहेका छन्।

त्यस्तै उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने काम पनि बाँकी छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वा’स्थ्य अवस्थासहित पार्टीका रोकिएका काम अघि बढाउनेबारे परामर्श गर्न सचिवाय बैठक बोलाएका हुन्। यसअघि दाहालले बिहीबार पनि ओलीसँग अस्पतालमै झण्डै १ घण्टा कुराकानी गरेका थिए । त्यसक्रममा ओलीले अलि छिटोछिटो स’मस्या देखिएकाले अ’स्पताल आउनुपरेको ओलीले बताएका थिए।

‘ठ्याक्कै यति दिन भन्ने त छैन, उपचार पद्धति कसरी अघि बढाउने भन्नेबारे डाक्टरहरु छलफलमै छन्,’ प्रधानमन्त्री ओलीको निजि सचिवालयका एक सदस्यले भने ‘अहिले उहाँले सबै भेटघाट रोकेर आराम गरिरहनुभएको छ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री आराममै रहेको र भेटघाटहरु ब’न्द गरिएको बताए । प्रधानमन्त्री बालुवाटारमा रहँदा पनि चिकित्सकहरुको निगरानीमा छन् । उनका निजी चिकित्सक दिव्यसिंह शाहले ओलीको प्रत्यक्ष निगरानी गरिरहेकी छन्।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक शाह सहित डाक्टरहरु दिलिप शर्मा र अरुण सायमीले पनि अबको उपचार पद्धति कस्तो हुने भन्नेबारे छलफल गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको ट्रिटमेन्ट मोडालिटी कस्तो हुन्छ भन्नेबारेमा हामीले छलफल गरेका छौं तर ठ्याक्कै यस्तै गर्ने भनेर निष्कर्षमा पुगिएको छैन,’ शर्माले भने।

प्रधानमन्त्री ओलीको र’गतको एउटा रि’पोर्ट आउन बाँकी छ । त्यो रि’पोर्ट आएपछि कुन र कस्तो उ’पचारको विधि अपनाउने भन्ने तय हुनेछ। ग्रान्डी अस्पतालले बिहिबार प्रधानमन्त्री ओलीलाई डि’स्चार्ज गर्नु अघि सबै रि’पोर्ट हेरेपछि थप उ’पचारको विधि तय हुने बताएको थियो । बुधबार र बिहीबार ओलीको दुईपटक डा’यलाइसिस गरिएको थियो।

गत बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना हुँदा र’गतमा क्रियाटिनिनको स्तर ५ भन्दा माथि थियो । त्यसैले उनको बुधबार २ घण्टा र बिहिबार ४ घण्टा डाय’लाइसिस गरिएको थियो।

स्रोतकाअनुसार ओलीको अर्को डाय’लाइसिस आइतबार गर्ने तयारी थियो । तर ओली शनिबारै अर्को डाइलाइसिसका लागि ग्रान्डी अस्पताल जाने स’म्भावना छ । ‘रग’तमा क्रियाटिनिनको स्तर बढ्दा डायलाइसिस गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीका लागि अब नियमित रुपमा मिर्गौ@लाको डा’यलाइसिस वा अर्को मिर्गौला प्र’त्यारोपणको विकल्प छ । एकपटक प्र’त्यारोपण गरिसकेको मिर्गौलाले काम गर्न छोडेकोले अब चिकि’त्सकहरुले अब नयाँ प्र’त्यारोपण भन्दा नियमित डायलाइसिसको विकल्प प्रयोग गरिरहेका छन्।

नियमित डा’यलाइसिस गर्नका लागि हरेक पटक अ’स्पताल धाउनुपर्छ। त्यसैले उनका लागि बालुवाटारमै डाय’लाइसिस गर्ने व्यवस्था मिलाउने विकल्प पनि चर्चामा आएको छ । तर यो विकल्प प्रयोग गर्ने कि नगर्ने चि’कित्सकहरु टुंगोमा पुगेका छैनन्।

‘प्रधानमन्त्रीलाई मिर्गौ’लाको मात्र स’मस्या भएको भए डाय’लाइसिस मात्र गर्नका लागि यो विकल्प प्रयोग गर्न सकिन्थ्यो,’ एक चिकित्सकले भने, ‘उमेरजन्य कारणले उहालाई अरु प्रकारमा स’मस्या पनि छन् । त्यसैले अरु केही स’मस्या देखिए तत्काल अ’स्पताल जानुपर्नेहुन्छ । त्यसैले धेरै प्रकारको प्रविधि बालुवाटारमै फिट गर्न सहज हुँदैन।’

मिर्गौं’लाको स’मस्या भएका वि’रामीलाई मु’टु, फो’क्सो लगायतका अन्य अंगहरुमा पनि तत्कालकै कुनै ज’टिलता देखिनसक्छ । त्यसैले डा’यलाइसिसका लागि मेसिन फिट गरेर त्यसै मात्र ढुक्क भएर बस्ने अवस्था नहुने ती चिकित्सकले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖