आज उच्च हिमाली भेगमा हिमपातको स’म्भावना, स’तर्कता अपनाउन सु’झाव

काठमाडौं, कार्तिक १६ । आज (शनिबार) देशको उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा जाने तथा बसोबास गर्नेहरूलाई स’तर्कता अपनाउन मौसमविद्ले सु’झाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमको उच्च हिमाली तथा राति देशभरकै उच्च हिमाली भेगमा हिमपातको स’म्भावना छ।

शनिबार बिहान २४ घण्टे चेतवानी जारी गर्दै महाशाखाले भनेको छ : उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले ती स्थानमा सामान्य स’तर्कता अपनाउन अनुरोध छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी भूभाग सामान्यतया सफा छ।

यसैगरी दिउँसो पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

‘साथै पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र पश्चिमकै उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना पनि छ,’ नेपालखबरसँग उनले भनिन्।

यस्तै राति पनि पहाडी भेगका एक-दुई स्थान हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन्।

आज काठमाडौंमा उपत्यकामा पनि आंशिक बदलीको अवस्था छ तर पानी पर्ने स’म्भावना नरहेको उनले बताइन्।

उनका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖