युनाइटेडको चौंथो हा’र
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बोर्नेमोउथसँग म्यानचेस्टर युनाइटेड १–० ले प’राजित भएको छ। जोसुन किंग्सले बोर्नेमोउथको लागि निर्णायक गो’ल गरेपछि युनाइटेड प्रतियोगितामा चौंथो हा’र व्यो’होर्न बा’ध्य भयो।
हा’रपछि युनाइटेड लिग अंक तालिकामा १३ अंक भएको छ। ११ खेलबाट युनाइटेड ३ खेलमा जित र ४ खेलमा बराबरी र ४ मा हा’र व्योहोर्दै १३ अंक जोडेर ८ औं स्थानमा संघर्षरत रहेको छ। बोर्नेमोउथको भने यो सेप्टेम्बर पछिको पहिलो जित हो।
बार्नेमोउथ लिगमा १५ अंक बनाएर छैटौं स्थानमा उक्लन सफल भएको छ। युनाइटेडको ख’राव प्रदर्शनसँगै प्रशिक्षक ओलेगुनार सोल्सायरमाथिको द’बाब थप बढेको छ। प्रिमियर लिगमा जारी सिजन लिभरपुलमात्र अ’पराजित रहेको छ।
१० खेलमा लिभरपुलले ९ जित र एक बराबरी खेल्दै २८ अंक बनाएर शिर्ष स्थानमा दोस्रो स्थानका म्यानचेस्टर सिटी भन्दा ६ अंकको अग्रता बनाएको छ। सिटीले १० मध्ये ७ खेलमा जित, १ बराबरी र २ हा’र व्योहोरेको छ।
लेस्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा रहँदा चेल्सी समान २० अंकका साथ चौंथो स्थानमा रहेको छ।


