छोरी जन्मिए बैंक खाता खोली गाउँपालिकाले हरेक वर्ष एक हजार रुपैयाँका दरले २० वर्षसम्म खातामा रकम जम्मा गरिदिने
काठमाडौं, कार्तिक १७ । भैरवी गाउँपालिका–५ की ममता थापाले कात्तिक पहिलो साता छोरी जन्माइन्।
परिवारले जन्मदर्ता गरिदिएपछि सातामै गाउँपालिकाले अनिताको नाममा बैंक खाता खोलिदियो। गाउँपालिकाले उनको खातामा एक हजार रुपैयाँ जम्मा गर्यो। गाउँपालिकाले हरेक वर्ष एक हजार रुपैयाँका दरले २० वर्षसम्म उनको खातामा रकम जम्मा गरिदिनेछ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बालिकाका नाममा खाता खोल्न सुरु गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दैलेखबाट हिक्मतबहादुर नेपालीले लेखेका छन्।
यसरी रकम पाउन स्वा’स्थ्य चौकीमै सु’त्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर न’पुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सु’विधा पाउँदैनन्।
गाउँपालिकाले ‘छोरी प्रोत्साहन’ कार्यक्रममार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।
‘छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको हो’, अध्यक्ष बुढाले भने, ‘हामीले खोलिदिएको खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन सक्छन्।’
चौथो गाउँसभाबाट पारित गरेर ‘छोरी प्रोत्साहन’ कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटाले बताए।
‘बा’ल विवाह, भ्रू’ण ह’त्या, लैं’गिक वि’भेद घ’टाउन तथा पोषण सुधार र संस्थागत सु’त्केरीमा वृद्धि गर्ने ध्येयले ‘छोरी प्रोत्साहन’ कार्यक्रम सुरु गरिएको हो,’ देवकोटाले भने।
आमा वा बुबा संर’क्षण रहने गरी छोरीका नाममा बैंक खाता खोल्ने गरिएको गाउँपालिकाले जनाएको छ। सरकारले दिने प्रोत्साहन र यातायात रकमबाहेक गाउँपालिकाले पोषण खर्चका लागि थप एक हजार रुपैयाँसमेत दिँदै आएको छ।


