धरानको मेयरमा नेकपाबाट प्रकाश राईले पाए टिकट,को हुन् त राई ?

धरान । अहिले भरखर बसेको नेकपा सचिवालय बैठकले धरान उपमहानगरको मेयरको उम्मेद्वारमा प्रकास राईलाई बनाउने निर्णय गरेको छ । दुवै पार्टी अध्यक्षसहितको सचिवालय बैठकले नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय भएको नेकपाका एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् । प्रकाश स्थानीय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा मेयरको लागि छनौट गरेको हो ।

यता बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (२) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (१) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ । भट्टराई कास्की २ बाट निर्वाचित सांसद स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन् । वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । बाग्लुङ २ (२) राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताइएको छ ।

को हुन प्रकाश राई(बुँदामा)

१. २०३५ सालको चरम निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत संगठित ।
२. २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रिय कमिटी सदस्य माले र माक्र्सवादी बीच एकिकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी संगठित सदस्यता प्राप्त गरि सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य, ।

३. २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको ईन्चार्जको भुमिका निर्वाह ।

४. नेकपा एमाले र नेकपा माओवदी दुई पार्टीबीच एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा क्रियाशिल ।

५. कम्युनिष्ट आन्दोलनको ४१ वर्षसम्म निरन्तर क्रियाशिल विभिन्न समयमा पार्टीभीत्र भएका गुट, फुट, विभाजन र जातिय संकिर्णताका विरुद्ध क्रियाशिल ।

धरानलाई बुझेको धरानले चिनेको
१. धरान घोपा क्याम्प चिल्डङेन स्कुलमा प्रारम्भिक अध्ययन गरि महेन्द्र बहुमुखि क्याम्पस धरानबाट बि।ए।सम्मको अध्ययन पुरा गरेका राई धरान वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् ।

२. स्थानिय र जिल्लाको राजनीतिमा बढी भिजेकाले धरानको सामाजिक परिवेश, रुपान्तरण र विकासलाई प्रत्यक्ष बुझेका एउटा साक्षि हुन् ।

३। जिवनका उर्जावान समय धरानका लागि समर्पण गरेका राई धराने र धराने माटो, बाटोसंग उतिकै परिचित छन् ।

४. अन्तरमुखि, भद्र, शालिन र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित राईका समकक्षि तथा कनिष्ठ नेताहरुलाई यस अघि विभिन्न निर्वाचनहरुमा राईले नै उमेद्धवार बन्न शिफारिस गरेपनि राई आफुले भने कहिल्यै ईच्छा जाहेर गरेका थिएनन् ।

आशा र प्रतिवद्धता
१. जनप्रिय मेयर स्वर्गिय तारा सुव्वाले अघिसारेका धराने जनताका लागि गर्न बांकी काम पुरा गर्ने अभिभारा ।
२. धरानको समग्र विकासका लागि नेकपाले अघिसारेको प्रतिवद्धता पत्र कार्यान्वयन गर्ने अभिभारा ।
-श्रोत :ब्लाष्ट खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖