कास्कीको छोरी बनेर चुनावमा आएकी छु : विद्या भट्टराई

पोखरा । विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’

बाहिर पनि हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्यालाई उम्मेदवार बनाउने नेकपाले संवेदनाको राजनीति गर्‍यो भन्ने गाइगुईं चल्यो ।

उपचुनावको तयारीका लागि सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीको बैठकमा विद्याले आफूमाथि उठेका प्रश्नहरुमाथि संकेतमात्रै गरिनन्, पार्टीको प्रतिष्ठा बढाउने र निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता पनि जनाइन् ।

‘म उम्मेदवारका रुपमा खडा भइरहँदा केही प्रश्न उठेका छन् । ती प्रश्नको जवाफ दिने गरी पार्टीले, तपाईहरुले उम्मेदवारका रुपमा उभ्याउनुभएको छ,’ सोमबार जिल्ला बैठकलाई सम्बोधन गर्दै विद्याले भनिन्, ‘मैले कुनै पनि हिसाबले कमी नहुने गरी पार्टीको प्रतिष्ठालाई कायम राख्दै चुनावी अभियानमा होमिनेछु ।’

विगतमा काठमाडौंकी छोरीका रुपमा राजनीति गरेको भएपनि अब कास्कीकी छोरीका रुपमा उम्मेदवार बनेको उनले बताइन् ।

उनले विगतमा राजनीतिबाट किन टाढा भएको भनेर उठाइएको प्रश्नको पनि जवाफ दिइन् । ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाइन्, ‘तर, मैले राजनीति छोडेकी होइन । पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्‍याउने छु ।’

प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको उनले बताइन् ।

हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताइन् । ‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर नै पार्टीले मेरो योगदानलाई चिनेरै मलाई उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ,’ विद्याले भनिन्, ‘यस हिसाबले म पार्टीको विचार, सिद्धान्तलाई शिरोपर गर्दै फेरि सक्रिय राजनीतिमा आएकी छु ।’

सोमबारको बैठकपछि भोलि मंगलबार पत्रकार सम्मेलन गरेर चुनावी तयारी र नेकपाका एजेण्डा सार्वजनिक गर्ने तयारी थालिएको नेताहरुले बताएका छन् । यद्यपि पत्रकार सम्मेलनमा उम्मेदवार विद्या आफैं भने सहभागी हुने छैनन् । जिल्ला कमिटीको बैठकमा सहभागी हुन सोमबारै पोखरा आएकी विद्या विशेष काम रहेको बताउँदै काठमाडौं नै फर्किएकी छन् । काठमाडौंको काम सकेर चुनावी प्रचारको अभियानमा होमिने उनले बताइकी छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।