‘१५औं बान्तावा कविता प्र’तियोगिता ’ मङ्सिर २४ मा,कविता कार्तिक मसान्तभित्र पठाइसक्नु पर्ने
काठमाण्डौ ।बुङ्वाखाको पूर्व सं’रक्षक, आफ्नो नामको पछाडि पहिलोचोटी ‘बान्तावा’ लेख्नुहुने तथा पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावाको स्मृतिमा आगामी मङ्सिर २४ गते (डिसेम्बर १०, २०१९) काठमाडौंस्थित बुङ्वाखाको ‘१५औं वाषिर्कोत्सव’ तथा ‘१५औं बान्तावा कविता प्रतियोगिता- २०७६’ आयोजना हुने भएकोले कविहरूलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।
सहभागिताको लागि कविता १५० देखि २०० शब्दसम्मको हुनुपर्ने,उत्कृष्ट १५ कविता’ (पन्ध्रौं वाषिर्कोत्सव)लाई छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धाको लागि वाचन गराइनेछ। छनोटमा पर्नुहुने कविहरूले अनिवार्यरूपमा जातीय मौलिक भेषभूषामा उपस्थित भई कवितावाचन गर्नुपर्नेछ । प्राप्त सबै कविताहरू बुङ्वाखामा प्रकाशित गरिने आयोजकले जनाएको छ ।
साथै प्रतियोगितामा पूर्वप्रकाशित वा वाचित कवितालाई प्रतियोगितामा सामेल गरिने छैन। बान्तावा भाषा लेखनपद्दतिअनुसार शुद्धसँग कम्प्युटर टाइप गरी कविताहरू पठाउनुपर्नेछ। छनोट हुनुहुने कविहरूलाई यातायात, खाना, बस्न र पारिश्रमिकको व्यवस्था गरिनेछ ।
प्रतिस्पर्धीहरूलाई ‘उत्कृष्ट बुङ्वाखा १५’ प्रमाणपत्र प्रदान गरिनेछ।कार्तिक मसान्तभित्र तल उल्लेखित व्यक्ति र ठेगानासम्म कविता पठाइसक्नु पर्नेछ। कवितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ अङ्कित प्रमाणपत्रका साथमा क्रमशः रू. १५,०००, रू. १०,००० रू. ५,००० नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सम्पर्कको लागि



