स’न्दीपले का’यम गरे अ’र्को कि’र्तिमान

काठमाडौं, कार्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्।

क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

म्गेजिनका अनुसार उनले अक्टोवर २०१८ देखि सेप्टेम्र २०१९ सम्मको अवधिमा आठ राष्ट्रमा क्रिकेट खेलेका छन्।

सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानडाको ग्लोबल टी–ट्वान्टी र युएईको टी–२० खेल्ने क्रममा यी राष्ट्रको भ्रमण गरेका हुन्।

सन्दीप धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा परेका छन्। सन्दीपले ७ टिमबाट खेलेका छन्।

सर्वेक्षण अनुसार सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖