उपचु नावअघि नै पूरै मन्त्री फे र्ने ओली र प्रचण्डको तयारी

काठमाडौं, कार्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन्।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका खबर आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन्।

यही विषयमा छलफल गर्न उनले सोमबार पार्टी सचिवालय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुनेगरी राजीनामा दिने तय भइसकेको छ।

‘मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ,’ स्रोतले भन्यो, ‘सम्भवतः उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ। केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोज्नु भएको छ।’

यस बारे अध्यक्ष दाहाललले पूर्वमाओवादी समूहमा आफूनिकट नेताहरुसँग औपचारिक छलफल गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली समाजवादी पार्टीले सम्हालेका मन्त्रीका कामसँग पनि सन्तुष्ट छैनन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।