मौन रहने हामीलाई चु’नौती दिन डा. केसी भोकै हुनुहुन्छ, तपाईले खानु भो ?

काठमाडौं, कात्तिक २४ । “लागत मुल्य भन्दा ९९ प्रतिशतसम्म बढी नाफा लिनसक्ने लोभी औषधि उत्पादक, सो नियन्त्रण गर्न नसक्ने सरकार र यसबारे थाहा भएर पनि मौन रहने हामीलाई चुनौती दिन डा. केसी भोकै बस्नु भएको छ । तपाईले भात खानु भो ?” डडेल्धुरा सदरमुकाममा ६ दिनदेखि सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन राजधानी काठमाडांैदेखि डडेल्धुरा सदरमुकाम पुगेका एचआईभी संक्रमित अभियन्ता राजीव काफ्लेले शनिबार सत्याग्रहस्थलमा पुगेर डा. केसीको पक्षमा एक्यवद्धता जनाए ।

उनले जारी गरेको प्रेश विज्ञप्तिको पहिलो अनुच्छेद पढेर सुनाउदा सत्याग्रहस्थलमा पुगेका सञ्चारकर्मीहरु भाव विह्वल भए । आजको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा डडेल्धुराबाट रबि धामीले लेखेका छन् ।

“बिगत लामो समयदेखि जनताको स्वास्थ्यका पक्षमा बिभिन्न मुद्दा उपर लड्दै आउनु भएका डा. केसीलाई सम्पुर्ण एचआईभी संक्रमित तथा क्यान्सर प्रभावितहरुको तर्फबाट धन्यवादसहित उँहाको आन्दोलनमा ऐक्यवद्धता जनाउन चाहन्छौ ।” अभियन्ता काफ्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अभियन्ता काफ्ले उमेरले ४६ बर्षका भए तर उनलाई १६÷१७ वर्षकै उमेरमा डाक्टरले ३ देखि ५ वर्ष बाँच्ने भनेर समय तोकिदिएका थिए । कारण चाहिँ त्यसबेला गाँजेको ‘भयानक’ बिरामी एचआईभी नै थियो । तर आज तिनै व्यक्ति एसियन नेटवर्क एनपुड संस्थाका प्रोजेक्ट कोर्डिनेटर छन् । उनको बसाइ नेपालमा भन्दा धेरै विदेशमा हुन्छ । भाषामा नेपालीभन्दा अङ्ग्रेजी बोल्न बढी सजिलो मान्छन् । ललितपुरको झम्सिखेलमा २०३० सालमा जन्मेका राजीव सम्पन्न परिवारका एक मात्र छोरा हुन् । आमा शिक्षिका, बाबु सरकारी जागिरे थिए । उनको बाल्यकाल राम्रोसँग बित्यो, कुनै अभाव भएन ।

एक्लो छोरा भएकाले नाम चलेकै विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरे । एसएलसीमा एक बिषयमा असफल भएपछि उनले साथी भाईको संगतमा लागूऔषध सेवन गर्न थाले । सन् १९९७ तिर राजीवलाई हल्का ज्वरो आयो र स्वास्थ्य परीक्षणका लागि टेकु अस्पतालमा गए ।

डिसेम्बर १, २००० को विश्व एड्स दिवसको अवसरमा उनले सार्वजनिक रुपमा ‘म आफू एचआईभी सङ्क्रमित हुँ’ भन्ने आँट गरे । अझ एड्ससम्बन्धी कार्यक्रममा नेपालका धेरै ठाउँ पुगेका छन् भने लागूपदार्थसम्बन्धी काम गर्ने संस्था एसियन नेटवर्क एनपुड प्रोजेक्ट कोअर्डिनेटरका रूपमा काम गरिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖