दक्ष जनशक्तिको अभावमा स्थानिय तहका आवश्यक कानुन निर्माणमा स’मस्या
धनकुटा खबर, २५ कार्तिक । दक्ष जनशक्ति अभावले गर्दा स्थानिय तहका आवश्यक कानुन निर्माण र न्याय सम्पादन गर्ने लगायतका काम गर्न प्रभावकारी हुन नसकेको न्ययायिक समितीका पदाधीकारीहरुले बताएका छन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय काठमाडौले धनकुटामा आज आयोजना गरेको न्ययायिक समितीका पदाधीकारी तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले घरबार साध सिमाना, विबाह, अंश बन्डा, नागरिकता सिफारिस जन्म दर्ता लगायतका बिषयमा आवश्यक कानुन नहुदाँ समस्या भएको बताएका छन । कार्यक्रमा बोल्दै चौबिसे गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले न्ययायिक समिती फेल हुनु भनेको संघियता फेल हुनु हो भन्दै यसको प्रभावकारीताका लागि विभिन्न खाले क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्नेमा जोड जोड दिनुभएको थियो ।

कार्यक्रमा बोल्दै पाख्रिवास नगरपालिका उपप्रमुख देवकला तिम्सिनाले लामो समय सम्म न्यायिक समितीमा काम गर्दा समेत कुनै तालिम तथा क्षमता अभिबृद्धीका कुनै कार्यक्रम सञ्चालन नहुनुले न्याय सम्पादनमा समस्या हुने गरेको बताउनुभयो ।
कानुन् न्याय तथा संसदिय मामिला मन्त्रालयका सह सचिव निर्मला अधिकारी भटट्राईले विगतमा साना साना मुद्धा मामिलामा नै राज्यले धेरै समय खर्चिनु परेकोले त्यसो हुन नदिन स्थानीय स्तरमा नै समस्याको समधान गर्नका लागि न्यायिक समितिको निमार्ण गरिएको बताउनुभयो ।


