नेपाल भारत सी मामा सु रक्षा ब ढाउन ने ताहरुको एकमत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन् ।

नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस कार्यक्रममा उनले सीमा सुरक्षामा कमजोरीको फाइदा उठाउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेको बताए ।

“नेपालका तर्फबाट राम्रोसँग सीमा सुरक्षा हुनसकेको छैन”, उनले भने, “जसले गर्दा अहिले भारतले नेपालको भूमि अतिक्रमण गरेको हो, हामीले भारतको सीमामा आफ्नो सुरक्षालाई दरो बनाएर जानुपर्दछ ।” उनले सरकारले सीमा सुरक्षा पनि वृद्धि गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले भारतीय सीमाबारे केन्द्र सरकारलाई बुझाएको प्रतिवेदनको सुनवाइ नहुँदा नेपालको सिमाना मिचिँदै आएको धारणा राखे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले लिम्पियाधुराबाट निस्केको काली नदी नै भारतसँगको सीमा भएकामा दुईमत नरहेको उल्लेख गर्दै नेपालको वास्तविकता पश्चिम र दक्षिणको सीमा कहाँसम्म हो भनेर तथ्यगत ढङ्गबाट निक्र्यौल निकाल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको राष्ट्रियतामा सबै राजनीतिक दल एक भएकाले कूटनीतिक तरिकाले समस्याको समाधान गर्नुपर्ने बताए । “सर्वदलीय बैठकमा एकमत लिम्पियाधुराबाट निस्केको काली नदी नै नेपाल र भारतको सीमा हो, भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि अतिक्रमण गरिएको भन्नेमा सबै दल एकमत भएका छन्”, उनले भने, “यस मामिलामा सिङ्गो राष्ट्र एकताबद्ध हुनुपर्दछ ।”

उनले परराष्ट्र मन्त्रालय र नापी विभागका कर्मचारीको कमजोरीका कारण सिमामा विवाद हुँदै आएको बताए । “नापीका कर्मचारीले सीमाका बारेमा राम्रोसँग अध्ययन गरेका छैनन्”, उनले भने, “भारतसँग सीमा निक्र्यौल गर्न जान्छन् तर दरोसँग प्रस्तुत हुदैनन् ।”

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले सुगौली सन्धि अनुसार नेपालको सीमा हुनुपर्ने बताए । “ऐतिहासिक तथ्यअनुसार हाम्रो देशको सीमा कायम हुनुपर्दछ”, उनले भने, “हामीले सीमाको सन्धि भारतसँग नभई ब्रिटिश सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धि अनुसार हाम्रो सीमा हुनुपर्ने माग राख्नुपर्दछ ।” उनले सीमा अतिक्रमण गरिएका सम्बन्धमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहबाट सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले मिचिएको भूमि नेपालको हो भन्नेमा राजनीति तहमा कुनै मतान्तर, विवाद नभएको उल्लेख गर्दै उच्च कूटनीतिक र राजनीतिक तवरबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए । नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले अतिक्रमण गरिएको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका नेता नवराज सुवेदीले सचिवस्तरबाट नभई उच्च राजनीतिक तवरबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठक र राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भारतले मिचेका भूमि सबै फिर्ता गर्न पहल गर्नुपर्ने बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।