ठमेलको रमझममा रात वि’ताउने विमलसहित ४ फुटबलरलाई राष्ट्रिय टिमबाट छुट्टी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौंट खेल खेलिरहेका चार खेलाडीलाई अनुशासनहीन भएकाे भन्दै कारवाही गरेको छ ।

एन्फाले शुक्रबार राति २ बजे ठमेलको डिस्कोमा भेटिएपछि विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाईलाई कारवाही गरेको हो । यो सँगै उनीहरुले कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल खेल्न नपाउने भएका छन् ।

एन्फाले विमल सहित चार खेलाडीहरुलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारवाही गरेको हो । नेपालमै हुने भनिएको कुवेतविरुद्ध हुने खेल दशरथ रंगशालाको पुन निर्माणको काम पुरा नसकेपछि मंसिर ३ मा भुटानमा हुने भएको थियो ।

नेपालसँग खेल्ने कुवेतको टोली भने शुक्रबार नै भुटान पुगिसकेको छ । यता नेपाली टोली भने शनिबार दिउँसो ३ बजे भुटान जाँदैछ ।

विश्वकप छनोटमा नेपालले ४ खेल खेलिसकेको छ । जसमा ३ खेल गुमाएको नेपालले १ खेल मात्र जितेको छ ।

खेलअन्तर्गत चाइनिज ताइपेविरुद्धको एकमात्र जितमा नेपालका लागि दुवै गोल अन्जनले नै गरेका थिए । त्यसबाहेक भएका अन्य खेलमा नेपालले कुवेतसँग ७-०, अष्ट्रेलिया ५-० र जोर्डनसँग ३-० ले हार बेहाेरेकाे थियो । न्यूज२४नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।