‘बौ द्ध द र्शन र यसको अन्त र्राष्ट्रिय प्र भाव’ विषयक विचारगोष्ठी सम्पन्न

मङ्सिर ५ गते, काठमाडौँ । बौद्ध दर्शन के हो र अन्तर्राष्ट्रिय जगत्मा यस दर्शनको प्रभाव कस्तो रहेको छ ? यसबारे बिहीबार राजधानीमा बहस गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो ।

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मानवजीवनका लागि दर्शनको अपरिहार्य महत्त्व रहेको बताउनुभयो । उहाँले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देश गर्ने भएकोले बिना दर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन एउटा दर्शनमात्रै नभएर धर्म पनि भएको बताउनुभयो । उहाँले धेरै अघि नेपालमा धर्मोदय सभाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेको उल्लेख गर्नुहुँदै विश्वजगत्मै बौद्ध दर्शन तथा बौद्ध धर्म फैलिएको दाबी गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रितले संसारमै बौद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वको करिब तृतीयांश जनसङ्ख्यामाझ यो दर्शनको प्रभाव रहेको छ ।” उहाँले बौद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादबाट माथि उठाउने दाबी गर्नुभयो ।

यसै गरी सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको उल्लेख गर्नुहुँदै नेपालीभूमिमा प्रर्वतन भएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगत्मा कस्तो रहेको छ भन्ने विमर्श गर्ने हेतु गोष्ठी आयोजना गरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रर्वतन भएका दर्शनमध्ये बौद्ध दर्शन मात्रै एउटा यस्तो दर्शन हो जो विश्वव्यापी रूपमा झाङ्गिएको छ ।”

उहाँले प्रज्ञाबाट एक वर्षभित्र ७२ ओटा पुस्तक प्रकाशित भएको र त्यसमध्ये दर्शनशास्त्र विभागबाट मात्रै १० ओटा प्रकाशित भएको सुनाउनुभयो । गोष्ठीमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो– “यसै कारण बौद्ध दर्शनको स्थान विश्वजगत्मा महत्त्वपूर्ण रहेको छ ।”

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्त्वका बारेमा बोल्नुभएको थियो । वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’ को समीक्षा गर्नुभएको थियो । गोष्ठीको प्रतिवेदकमा डा. गोविन्दशरण उपाध्याय रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन बृद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।