गोकर्ण विष्ट मन्त्रीबाट हट्दा म्यानपावर व्यवसायीलाई दशैं !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएका छन् । विष्टलाई पदबाट हटाइएपछि सामाजिक संजालमा उनको बारे सकारात्मक र नकारात्मक दुवै चर्चा परिचर्चा शुरु हुन थालेको छ ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा नै बिताए ।

यस अवधिमा श्रम क्षेत्रमा देखिने केहि राम्रा काम गरेर ऊनी बाहिरिएका छन् । ओझेलमा परेको श्रम क्षेत्रलाई मुलधारमा ल्याउन उनले केहि प्रयास गरे, जसले गर्दा आजपनि उनलाई प्रशंशा गर्नेहरु निकै रहेका छन् साथमा उनको विरुद्धमा लाग्नेहरुको सुची पनि लामै रहेको छ । उनको कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएका नभएका होइनन् ।

आफ्नो कार्यकालमा गरेका कामलाई लिएर म्यानपावर व्यवसायीले खुसियाली मनाएका छन् श्रमिक वर्गले सुधारको आशा समाप्त भएको जनाएका छन् । अरुलाई सिसाको घरमा बसेर धेरै नबोल्नुस भन्नेहरूको घरपनि सिसाकै हुँदो रहेछ कठै भन्दै एक म्यानपावर व्यवसायीले सामाजिक संजालमा लेखेकी छिन् ।

तर कतिपय म्यानपावर व्यवसायीले राम्रै नजरले हेर्ने गरेका छन् । एक व्यवसायीले सामाजिक संजालमा लेखेका छन् – श्रम मन्त्री बिष्ट असल नियतका थिए । श्रममा नीतिगत रुपमा असल निर्णय भएका थिए, श्रमिकका पक्षमा भएका थिए । त्यसलाई म्यानपावर ब्यवसायीले मन पराएनन् र संघमा बहुमत हुँदाहुँदै पनि चुनाबमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराए । अन्तत मन्त्री आफैँ साईड लागे । दलालहरुको शक्ति अदम्य छ ।ु

असल र इमान्दारहरुलाई जहाँ पनि धेरै टिक्न दिइदैन यो नेपाली विशेषता नै हो दुखद कुराु भन्दै समर्पण भट्टराईले लेखेका छन् । गोकर्ण विष्टले नेपाली जनताको लागि केही सकारात्मक राम्रो काम गरेका थिए बेग श्रेष्ठले लेखेका छन् – दलाल माफियाहरुलाई ठगीमा सहजताको लागि गोकर्ण बिस्टलाई हटाइ छाडे । जनताको लागि केही राम्रो काम गरेको देख्ने नसहने राजनीतिक नेतृत्वको चाल देखियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖