नेताहरुले संघीयता बुझ्नै सकेनन् : प्रदीप नेपाल (भिडियो सहित)

केपी ओली ई'खालु र गुट च'लाउन माहिर नेता हुन्

काठमाडौं । प्रदीप नेपाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनी संचार, जलस्रोत मन्त्री पनि भए । तत्कालीन नेकपा एमालेमा सक्रिय रहेका नेता नेपाल अहिले राजनीतिमा भन्दा पनि अध्ययन र लेखनतिर व्यस्त रहेका छन् । उनले मुलुकको राजनीतिकको विश्लेषण गर्दै नेताहरुले बुद्धि नपुर्‍याएमा अहिलेको राजनीति व्यवस्था फेल हुन सक्ने बताए ।

क्यानाडानेपालसँग कुरा गर्दै नेता नेपालले मुलुकमा राजतन्त्र नफर्कने भन्दै अहिलेको व्यवस्थाको रक्षाका लागि सबै नेताहरु विधिसम्मत काम गर्नुपर्ने बताए । संघीयतामा तल्लो तहलाई सबै अधिकार र काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका उनले अहिलेका नेताहरुले संघीयता बुझ्नै नसकेको टिप्पणी गरे । ‘पूँजीवाद भनेकै भ्रष्टाचार’ भन्ने कथन रहेको जानकारी दिएका उनले अहिले भ्रष्टाचारको कुरा आउनु सामान्य नै रहेको बताए ।

नेकपा अध्यक्ष ओलीलाई तत्कालीन नेकपाको अध्यक्ष बनाउन आफूले मत दिएको र उनलाई जिताउन आफूले भूमिका निर्वाह गरेको बताएका नेता नेपालले विभिन्न नेताहरुबारेमा पनि जानकारी दिएका छन् । माधवकुमार नेपाल सज्जन इमान्दार नेता रहेका जानकारी दिएका उनले प्रधानमन्त्री ओली भने ईखालु रहेका बताए । मनभित्रै कुरा राखेर बदला लिने स्वाभाव ओलीको रहेको भन्दै उनले झापा काण्डका बेलाको रिस पछि सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएर फेरेको प्रसङ्ग सुनाए ।

गुट चलाउन खोजे पनि माधवकुमारले कहिल्यै नजानेको भन्दै उनले ओली भने गुट चलाएर राजनीति गर्न माहिर रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीको भूमि, नेकपाको गठन र मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा क्यानाडानेपालका सन्तोष निरौलाले प्रदीप नेपालसँग लिएको यो भिडियो अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖