तेह्रथुममा यो बर्ष धान उ’त्पादन घ’ट्ने

विकास घिमिरे, धनकुटा खबर । तेह्रथुम जिल्लामा यो बर्ष धान उत्पादन घ’ट्ने भएको छ । तेह्रथुम जिल्लामा भएका स्थानियतहका कृषि शाखाले दिएको जानकारी अनुसार यो बर्ष अघिल्लो बर्षको तुलनामा धान उत्पादन घ’ट्ने भएको हो ।

भदौमा परेको अविरल बर्षको कारण धान बालिमा क्षेति पुगे पछि म्याङ्गलुङ नगरपालिकामा धान उत्पादन घट्ने आकलन गरिएको म्याङ्गलुङ नगरपालिकाका कृषि शाखाका बालि संरक्षण अधिकृत धनकहादुर विकले जानकारी दिए ।

व्याड राख्ने बेलामा परेको खडेरीका कारण साथै रोपाँइ गर्न समेत बर्षाले साथ नदिए पछि तेह्रथुमको छथर गाउँपालिकामा समेत धान उत्पादन घट्ने भएको छथरगाउँपालिका कृषिशाखाका प्राविधिक सहायक हिमबहादुर थापाले जानकारी दिए ।

रोग किराको प्रकोप समयमा बर्षा नहुनु लगायतको कारण आठराई गाउँपालिकामा समेत धान उत्पादन राम्रो हुन नसकेको कृषि शाखाका प्राविधिक सहायक शान्तिला फम्बोले जानकारी दिनु भयो । फेदाप गाउँपालिकामा भने यो बर्ष अघिल्लो बर्षको तुलनामा करिब १५ प्रतिशतले धान उत्पादन घट्ने कृषिशाखा प्राविधिक सहायक सिता बस्नेतले जानकारी दिनु भयो ।

उनले भनिन्न यो क्षेत्रमा प्राय सबै तिर धान खेति हुने गरेको छ चामल खरिद गरेर सबैले खानु पर्ने अबश्था अघिल्लो बर्ष सम्म खासै थिएन तर यो बर्ष भने यो गाउँपालिकामा लगाईएको स्थानिय बेलगुटी धानमा रोग किराको समस्या समेत देखियो त्यसले गर्दा धान उत्पादन घट्ने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖