नेपाल भ्र मण वर्षको सदस्य सचिवमा श्रेष्ठ नि युक्त

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नपा वडा नं ६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनले यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन् ।

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रुपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६० औँ बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रुपमासमेत काम गरेका थिए ।

श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन् ।

नवनियुक्त सदस्य सचिव श्रेष्ठले शुक्रबार पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए ।

उन्ले नेपालको आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको पर्यटन उद्योगको विकास, प्रवद्र्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।