नेतालाई भ्र’ष्टाचार सिकाउने गुरु कर्मचारी हुन् : हरिवंश आचार्य

काठमाडौं, मंसिर ७ । नेपाली समाज कतातिर जाँदै छ? किन आम मानिसमा निराशा बढ्दै गएको छ ? समाजकाम प्रगतिका बाधकहरू के हुन् ? करिब ४ दशकदेखि नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधाका विशिष्ट परिचय बनाएका वरिष्ठ कलाकार हरिवंश आचार्यसँग यी र यस्तै विषयमा लक्ष्मी बलायर र सीताराम बरालले कुराकानी गरेका छन्। जसको सम्पादित अंश आज शनिबारको नयाँ पत्रिकामा छापिएको छ। प्रस्तुत छ, त्यसको एक अंश-

देश चलाउने बाहिरी शक्ति छ भन्ने कुरा आशंका मात्र हो कि सत्य पनि ?

यो हल्ला मात्र होइन, शतप्रतिशत साँचो कुरा हो। फलानो नेता वा फलानो व्यक्तिले भनेको भनेर कुनै व्यक्तिको नाम म यहाँ लिन चाहन्नँ। तर उच्च राजनीतिक तहमा अन्तरक्रिया हुँदा शीर्ष तहका नेताहरू नै भन्नुहुन्छ– ‘सानो सानो कुरामा पनि बाहिरबाट हस्तक्षेप हुन्छ, काम गर्न निकै गाह्रो छ।’

विदेशी हस्तक्षेप त छँदै छ, हाम्रो देशले अपेक्षित सफलता हासिल गर्न नसक्नाको अर्काे कारण भ्रष्टाचार हो, घुसतन्त्र हो। प्रशासनतन्त्र यति छाडा भयो कि कर्मचारी नै नेताहरूलाई घुस खान सिकाउने गुरु बने। नेताहरू त अस्थायी हुन्, सत्तामा आउँछन्, दुई÷तीन वर्ष जिम्मेवारीमा बस्छन्, जान्छन्। तिनीहरूलाई ‘यताबाट यसरी खानुपर्छ है, उताबाट यसरी तान्नुपर्छ है’ भनेर सिकाउनेचाहिँ ब्युरोक्रेटहरू हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖