एक रुपैयाँबाट एक करोड अभियान सार्थक
धनकुटा खबर । आर्थिक कठिनाइका कारण आश्रीत बृद्धबृद्धालाई बिदा दिनु पर्ने अबस्था आएपछि बिश्रान्ति बृद्धाश्रम ब्यबस्थापनले सुरु गरेको एक रुपैयाँबाट एक करोड अभियानले सार्थकता पाएको छ ।
२०४२ सालबाट सन्चालनमा आएको आश्रम मुठिदानले चल्न नसक्ने अबस्था आएपछि १० वर्ष अघि प्रतिदिन प्रतिब्यक्ति एक-एक रुपैयाँका दरले पाँच वर्षको अबधीमा हुन आउने एक हजार आठ सय २५ रुपैयाँ सहयोग स्विकार्ने गरी यस्तो अभियान चलाइएको थियो ।
अभियानका लागि तीन हजार बढि दाताले एक करोड ५० लाख रुपैयाँ दान गरेका बिश्रान्तिबृद्धाश्रमका व्यावस्थापन समितीका महासचिब जनार्दन घिमिरेले जानकारी दिनु भयो ।

दान संकलन गरेरै आश्रम ब्यबस्थापनले १० करोड रुपैयाँ भन्दा बढि रकम खर्चेर ८० जना क्षमताको आवास सहित अन्य दर्जन सुविधायूक्त भवन निर्माण गरेको छ ।
यसका लागि दाताले एक रुपैयाँ देखि ७६ लाख रुपैयाँसम्म दान गरेका छन् । अहिले यस आश्रम ४४ जना वृद्धवृद्धा आश्रित छन् ।


