मेरा लागि देशभक्ति देखावा कुरा हैन : भारतले मि’चेको नेपालको भू-भाग फि’र्ता ल्या’एरै छो’डछु – प्रधानमन्त्री ओली (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सीमा विवाद राष्ट्रको समस्या भएकाले जथाभाबी नबोल्न नेताहरुलाई आग्रह गर्नुभएको छ । कान्तिपुर टेलिभिजनबाट सोमबार राती प्रसारण भएको कार्यक्रम फायरसाइडमा बोल्नुहुँदै उहाँले भन्नुभयो,–‘शेरबहादुर देउवा, डा.बाबुराम भटटराइले जसरी बोल्दै हुनुहुन्छ नि अलिकता आग्रह गर्दछु, नेताहरुले तौलका साथ बोल्नु राम्रो हुन्छ । सीमा विवाद, म सँगको भनाभनको जुहारी या मलाई होच्याउने बिषय होईन ।’
यसअघिको आफनो सरकारपनि विविध कारणले ढलेको स्मरण गर्नुहुँदै उहाँले भन्न्नुभयो,–‘नाकाबन्दीको बिरोधमा लड्दा, नाका खोल्दा, नयाँ उचाइमा नेपाललाइ लाने काम गरे होला यस्तै कारणले यसअघिको आफनो सरकार ढालियो तर राष्ट्रिय हितको मुल्यमा सरकार ढले ढल्छ । राष्ट्रको सीमाको मुल्यमा म सरकारमा रहन्छु की रहन्न भन्ने कुरा कुनै अर्थ रहदैन ।
उहाँले प्रश्नगर्दै भन्नुभयो,– मैले सीमा जोगाउनुपर्छ कि सरकारमा रहनुपर्छ ? सीमा जोगाउनका लागि भक्ति थापा तोपको भुमरीमा उडेका होइनन् ? बलभद्रहरु पानी खान नपाएर पनि लडेका होइनन ? अमर सिंह थापा त्यही सीमानाका लागि चौहत्तरबर्षको उमेरमा तरवार लिएर मैदानमा उत्रिएका होइनन् ? त्यसकारण मेरो पद, ज्यान होइन, राष्ट्र राष्ट्र हो, राष्ट्रको भूमि राष्ट्रको भूमि हो । अहिले कुरा उठेको यहीँ भावनाका साथ काम गर्न सक्छ भनेर होला । पदको वास्ता नगर्ने, पदभन्दा माथि उठ्ने प्रधानमन्त्री छ भनेरै होला ।

कालापानी लगायत सीमा विवादमा नरेन्द्र मोदीसँग आफूले खुलस्त गर्नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले तल्लो तहबाट पनि समाधान हुनसक्ने बताउनुभयो । हामीसँग प्रमाण, नक्सा, जनगणना गरेका व्यक्ति सबै भएकाले यो विषयमा धेरै अफ्ठेरो मान्न नपर्ने उहाँको भनाई छ । तथ्य र प्रमाणबाट भारतीय सेना हटाउने र भूमि फिर्ता गर्ने प्रधानमन्त्री ओलीले दृढता व्यक्त गर्नुभयो ।
काम गर्दैजादा कतिपय अवस्थामा भारतसँग लम्पसारबाद भयो भन्ने खालका टिप्पणीपनि हुने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो,– म त्यसता स्तरका मानिसहरुसँग बहसपनि गर्न चाहन्न जसलाइ देशप्रति प्रेम होइन, जसको मनमा देशभक्ति छैन । जसलाई देशभक्ति एउटा देखावा कुरा भएको छ, मेरा लागि देश देखावा कुरा हैन, देशभक्ति देखावा कुरा होइन । मेरा लागि देशभक्ति निष्ठाको कुरा हो । नक्कली कुरा गर्नेसँग वादविवाद गर्न चाहन्न ।


