२० जनाले लिए पत्रकारिता तालिम

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाद्धारा हिलेमा सञ्चालित आधारभुत पत्रकारिता सम्वन्धि ७ दिने तालिम आज सम्पन्न भएको छ ।

फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वोल्दै प्रमुख अतीथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तालिममा सिकेको ज्ञान सिपलाई व्यावहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । पत्रकार भनेको समाजको ऐना भएको भन्दै सत्य तथ्यमा आधारित समचार लेख्न सल्लाह दिदै समाजमा पत्रकारहरुको ठूलो भूमिका हुने वताउनुभयो ।

अहिले आधारभुत पत्रकारिता तालिम लिएकाहरुलाई थप तालिमका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज संघिय समितिका सल्लाहकार एवं नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पत्रकारले कसैलाई काख कसैलाई पाखा नगरी समचार लेख्नु पर्नेमा जोड दिदै कसैको पक्ष नलिई घटेको घट्ना यथार्थ लेख्नु पर्ने वताउनुभयो।

तालिम समापन कार्यक्रममा धनपा–१ हिलेका कार्यवाहक अध्यक्ष लालचन्द्र गोङ्गवा, फोनिजका प्रदेश महासचिव विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटाका वरिष्ठ उपाध्यक्ष एवम् तालिमका प्रमुख प्रशिक्षक नगेन्द्र राई, पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, हिले पर्यटन तथा पुर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्ट, जौटार सामुदायिक वनका अध्यक्ष वीर वहादुर तितुङ, नवज्योती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ लगायतले मन्तव्य राखेका थिए। सहभागीहरुको तर्फवाट मिना देवी भुजेल र दातेम्वा शेर्पा ले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन फोनिज धनकुटा शाखाका सचिव नगेन्द्र कश्चितले गर्नुभएको थियो । स्वागत मन्तव्य कोषाध्यक्ष मानवी तामाङले राख्नुभएको थियो । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा धनकुटा नगर क्षेत्रका ११ जान महिला सहित २० जनाले सहभागिता जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖