निजामती आवासीय मावि धनकुटा बन्यो जिल्ला च्याम्पियन
विकास घिमिरे, धनकुटा खबर । धनकुटामा सम्पन्न एन्फा ग्रास रुट अण्डर तेह्रवर्षको पुरुष जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी निजामती आवासीय माध्यमिक विद्यालयले हात पार्दै प्रदेशस्तरीय प्रतियोगितामा स्थान पक्का गरेको छ ।
प्रतियोगिताको आज सम्पन्न फाईनल राउण्डमा कुल २६ अंक हासिल गर्दै जिल्ला च्याम्पियन भएको हो । जम्मा ११ राउण्ड सम्म खेलाईएको उक्त प्रतियोगितामा २१ अंकको साथमा गोकुण्डेश्वर वालमन्दिर माध्यमिक विद्यालय दोश्रो स्थान हासिल गरेको छ ।
यसैगरि तेश्रोमा २० अंकका साथ त्रिवेणी माध्यमिक विद्यालय रहेको छ भने चौचो स्थानमा १९ अंक सहित वाल संसार आवासीय माध्यमिक विद्यालय रहेको छ । वालसंसारको समन अंक गोकुण्डेश्वर माध्यमिक विद्यालय सँग रहेपनि हेड टु हेडको आधारमा वालसंसारले चौथो स्थानका लागि वाजी मारेको हो । १९ अंक सहित पाँचौ स्थानमा गोकुण्डेश्वर माध्यमिक विद्यालय र १८ अंक सहित छैठौमा तुलसीमेहर आवासीय माध्यमिक विद्यालय र १७ अंक सहित सातौमा धनकुटा इंलिस वोडिङ्ग स्कूल र १२ अंक सहित आठौमा तम्मर भेल्ली वोडिङ्ग स्कूल रहेको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका तेह्र वर्ष मुनिका १२ वटा विद्यालयका पुरुष विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विजेता विद्यालयले प्रदेशस्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछ ।


