१३औं साग आ’रम्भ, भव्य समारोहबीच राष्ट्रपति भण्डारीद्वारा औपचारिक उ’द्घाटन (भिडियो सहित)
काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन गर्नु भएको छ । आइतबार साँझ दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच उहाँले सागको १३ औं संस्करणको उद्घाटन गर्नु भएको हो ।
सागको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको आरम्भ भएको घोषण गर्दछु भन्नु भएको थियो ।
यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल भूकम्पले निम्त्याएको प्रतिकुल परिस्थितिबीच पनि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको कडा परिश्रमको कारण यो आयोजना सम्भव भएको बताउनु भएको थियो ।
उहाँले साग खेलकुद खेलकुदमा मात्र सीमित नभए सार्क मुलुकहरु बीच भाइचारा अभिवृद्धि गर्न पनि सहायक बनेको पनि उल्लेख गर्नुभयो ।

यसैगरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार सबै सहभागीलाई न्यानो स्वागत गर्दै सबैलाई सफलताको कामना गर्नु भएको थियो ।
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग खेलकुद दक्षिण एसियाका देशहरुबीच अनुभव बाड्ने महत्वपूर्ण थलो बन्दै आएको बताउनु भयो ।
त्यसरी नै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव एवं साग कार्यकारिणी समितिका सचिव रमेश सिलवालले साग खेलकुद सार्क राष्ट्रका लागि मित्रता, शान्ति, स्थायित्व र प्रगति एवं उन्नतिका सहयोगी बनेको बताउनु भयो ।


