नेपालले हातपार्यो ६ स्वर्ण, यी खेलाडीले दिलाए स्वर्ण पदक (सूचि सहित)

काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद (साग) को दोस्रो दिन छ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको छ । तेक्वान्दोमा पुरुष पुम्सेको ५८ केजी तौल समूहमा गोविन्दबहादुर आलेले स्वर्ण जिते । एकलतर्फ कमल श्रेष्ठले स्वर्ण जिते ।

कराँतेमा मन्डेकाजीले देशलाई पहिलो स्वर्ण दिलाए । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते । काँतामा महिला एकलतर्फ चञ्चला दनुवारले रजत जितेकी छिन् ।

कराँतेको टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । मन्डेकाजीले आजै कराँतेतर्फ दुई स्वर्ण जितिसकेका छन् । ट्रयथलनमा सोनिका गुरुङले स्वर्ण जितिन् । पोखरामा भएको ट्रायथलनमा उनले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्नेहरु

तेक्वान्दो : गोविन्द आले पुम्सेको ५८ केजी । कमल श्रेष्ठ पुरुष एकल
कराँते : मन्डेकाजी श्रेष्ठ पुरुष काँता । निर्मला तामाङ, संगिता मगर र सरु काकी महिला टिम काँता, मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन पुरुष टिम काँता
ट्रयथलन : सोनिका गुरुङ

त्यस्तै ट्रायथ्लनको पुरुष तर्फ नेपालले कास्य पदक हात पार्न सफल भएका छन् । प्रतियोगितामा भारतले स्वर्ण र रजत दुवै पदक जितेको हो । पुरुष तर्फको ट्रायथ्लनमा नेपालका लागि नितेश मानन्धरले कास्य जितेका हुन् । भारतका आर्दशमान सिनामोलले स्वर्ण र विश्वजीत सकिमले रजत पदक जितेका हुन् । ट्रायथ्लनमा साइक्लिङ, स्वीमिङ र म्याराथन खेल हुन्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖