हिलेका किसानलाई स्वास्थ्य विमा गर्न वडाले सहयोग गर्ने
धनकुटा खबर । चञ्चलादेवी वहुउद्देश्यीय दूग्ध सहकारी सँस्था धनकुटा १ हिलेको २५ औ वार्षिक साधारणसभा आज हिलेमा सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष नील वहादुर घिमिरेको अध्यक्षतामा सञ्चालित साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को २४ लाख ९८ हजार १ सय ४० रुपयाँ वरावरको वार्षीक आयव्यय विवरण प्रस्तुत गरिएको छ ।
साधारण सभालाई सम्वोधन गर्दै वडाध्यक्ष तामाङले सम्पूर्ण कृषकहरुलाई अनिवार्य रुपमा स्वास्थ्य विमा गर्न गराउन सुझाव दिदै यसका लागि वडाले सहयोग गर्ने वताउनुभयो । साथै दुग्ध डेरीहरुले अव दूध संकलन, प्रशोधन मात्र नभई दूग्ध जन्य परिकार उत्पादनमा ध्यान दिन जरुरी रहेको उहाँले वताउनुभयो ।
वडाध्यक्ष तामाङले दूग्ध डेरीहरुले दूध जन्य परिकार उत्पादन गरे यसमा पनि वडाले सहयोग गर्ने वताउनुभयो । साधारणसभामा धनकुटा नगरपालिका १ का वडा सदस्य लालचन गोङवा, दूग्ध चिस्यान केन्द्र हिलेका ईञ्चार्ज भुषण अधिकारी लगायत सहकारीका पदाधिकारीहरुको उपस्थिती थियो ।


