एसईई उर्तीण गरेका हिले माविका विद्यार्थीलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान

धनकुटा खबर । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेको ५९ औ वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

धनकुटा नगरपालिकाका उप-प्रमुख सकुन्तला वस्नेतको प्रमुख आतिथ्य तथा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालचन गोङवाको अध्यक्षता सञ्चालित कार्यक्रममा कक्षा ११,१२ को विद्यार्थी र २०७५ सालको एसईई परिक्षा उर्तीण गरेका विद्यार्थीहरुलाई नगद रु ३-३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापन गर्दै लाने, अभिावकहरुमा जनचेतना फैलाउने, सामुदायीक विद्यालयमा विद्यार्थी सहभागीता वृद्धी गर्न विशेष कार्यक्रमहरु ल्याउने वताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर उप-प्रमुख वस्नेतले यस विद्यालयको शैक्षिक स्तर आगामी दिनमा थप चुस्त र व्यवस्थित हुदै जाओस भन्ने शूभेच्छ्या व्यक्त गर्दै नगरले शिक्षामा लगानी वृद्धी गर्ने वताउनुभयो । वार्षिकोत्सवमा फुटवल, भलिवल र नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत राम वहादुर थापा, वडाध्यक्ष निरेन तामाङ, गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रसाद चापागाई,जाल्पादेवी मावि पाख्रीवासकाका प्रधानाध्यापक चेतनाथ अधिकारी लगायत विशेष अतिथि रहेका थिए । सञ्चालन हिले मावि का सह-प्रधानाध्यापक गणेश पीठाकोटेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।