बालुवाभित्र १० सी मा स्त म्भ

काठमाडौं, मंसिर १९ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र छन्। ८१३ नम्बरको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ।

उत्तरतर्फका १० वटा सीमा स्तम्भ पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी जानकारी दिएको छ।

सशस्त्रका अनुसार ३ वटा मुख्यसहित ७ वटा सहायक गरी सो क्षेत्रमा १० वटा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कञ्चनपुरबाट महादेव अवस्थीले लेखेका छन्।

‘हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन र सहायक सातवटा सीमा स्तम्भ महाकाली नदीमा पर्छन्,’ बीओपी ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘ब्रह्मदेवको माथिल्लो भागदेखि भीमदत्त नगरपालिका–११ भुजेलासम्म पाँच वटा मुख्य सीमा स्तम्भ छैनन्।’

सशस्त्र प्रहरीका अनुसार ब्रह्मदेवदेखि माथि उत्तरतर्फ मुख्य सीमा स्तम्भ ८१४, ८१५ र ८१६ पानीभित्र छन्। त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमा स्तम्भ ८११ हराउँदा पटकपटक विवाद हुने गरेको छ।

सीमा स्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ। तर भारतीय पक्षले भने स्तम्भ नेपालतर्फकै भूभागमा भएको दाबी गर्दै आएको छ।

सीमा स्तम्भको मर्मतमा दुवै देशले बेवास्ता गर्दा पुरिने अवस्थामा छ। ०७० सालमा महाकाली बाढीले सीमा स्तम्भ ढालेको स्थानीय मनोज लावडले बताए। ‘पिलर ढलेको ४ वर्ष बितिसक्यो, मर्मत भएको छैन,’ उनले भने, ‘पिलर बालुवामा पुरिएपछि भारतले नेपाली भूभाग पनि आफ्नो भएको दाबी गर्न बेर लाउँदैन।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖