कार्यविधी नहुँदा योजना संचालन भएनन्

धनकुटा खबर । जबभयो राती अनि बुढी ताति भन्ने नेपाली उखान नेपाली समाजमा अझै सन्दर्भिक देखिदै आएको छ । देश संघियतामा गए संगै धेरै जसो कार्यलय खारेज भए भने कति पय कार्यलय मर्जर भए मर्जरमा गएका कति पय कार्यलयले कर्मचारी अभाव र कानुनी जटिलतासंग जुदै २ बर्ष बिताए पनि तर अहिले पनि समस्या जस्ताको त्यस्तै नै रहेको पाईन्छ ।

कार्यबिधि प्राप्त नभए कै कारण तेह्रथुम र धनकुटा कार्यक्षेत्र तोकिएका कृषि ज्ञान केन्द्र र भेटरिनरि अस्पताल तथा विज्ञ सेवा केन्द्रले पहिलो चौमासिकमा नियमित कार्यालय संचालन बाहेकका कुनै काम गर्न सकेनन् । कानुन र आवश्यक कार्यबिधि नहुँदा गतबर्ष पनि यी कार्यालयको कार्यसम्पादन उत्साहजनक थिएन ।

कृषि ज्ञान केन्द्र धनकुटाले कार्यबिधि अभावकै कारण वितेको पहिलो चौमासिकमा नियमित कार्यालय संचालन बाहेक किसान लक्षित कुनै काम गर्न सकेन । ब्यक्तिगत फार्म, समुह, सहकारि तथा उपभोक्ता समिति मार्फत हुने कागति, किवि, कफि, अलैंची र अदुवा मिसन, यूवा लक्षित माहुरी र च्याउ खेतिका कार्यक्रम, बीउ बिजन तथा प्रविधि प्रवद्र्धनका कार्यक्रम संचालन गर्न प्रदेश सरकारबाट कार्यबिधि प्राप्त भएको छैन् त्यसले गर्दा सूचना निकाले पछि पनि काम रोकिएको कृषि ज्ञानकेन्द्र धनकुटाकी बागवानी अधिकृत पूर्णमाया राईले जानकारी दिनु भयो ।

यता भेटरिनरि अस्पताल तथा विज्ञ सेवा केन्द्र पनि कार्यविधिकै पर्खाइमा रहेको कार्यलयका सुचना अधिकारी देवकुमार दर्लामी बताउनु हुन्छ । प्रकृयागत विभिन्न चरण सक्दा दोस्रो चौमासिकमा पनि योजना र कार्यक्रम संचालन हुन सक्ने संभावना न्यून छ । त्यसैले जतिसक्दो छिटो कार्यबिधि बनाएर समयछदै योजना र कार्यक्रम कार्यान्वयन गरिनु पर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।