छथरजोरपाटीमा म’हिला स्वा’स्थ्य स्वयंसेविका वीच हाजिरीजवाफ, हात्तिखर्क प्रथम
धनकुटा खबर । आज १६ औ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । यो दिवसको अवसरमा आज धनकुटाको छथरजोरपाटी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु वीच हाजिरीजवाफ प्रतियोतिगा सञ्चालन गरिएको छ ।
गाउँपालिकाका सक्म्पूर्ण वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरु वीच खेलाईएको हाजिरी जवाफ प्रतियोगितामा हात्तिखर्क स्वास्थ्य चौकी अन्र्तगतका स्वायम्सेविका १० अंक प्राप्त गर्दै प्रथम, ८ अंक प्राप्त गर्दै ताङ्खुवा स्वास्थ्यचौकी द्धितीय, ६ अंक प्राप्त गर्दै परेवादिन स्वास्थ्य चौकी तृतीय र ५ अंक प्राप्त गर्दै तेलिया स्वास्थ्य चौकी अन्र्तगतका स्वयम्सेविकाहरु शान्त्वना भएकाछन् ।

हाजिरी जवाफमा स्वास्थ्य र सामान्य ज्ञान सम्वन्धि प्रश्न सोधिएको थियो । छथरजोरपाटी गाउँपालिका स्वास्थ्यशाखाको आयोजनामा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुको प्रमुख आतिथ्य तथा स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिताका सहभागी स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्लेट र कचौरा पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा उनिहरुलाई प्रतिमहिना १ हजारको दरले ४ महिनाको जम्मा ४/४ हजार यातायात खर्च र वार्षिक पोषाक भत्ता साढे ७ हजार गरी प्रति स्वयंसेविका ११/११ हजार ५/५ सय नगद पनि प्रदान गरिएको छ ।

उनिहरुलाई ती सामाग्री गाउँपालिका प्रमुख लिम्वु सहित उप-प्रमुख भमि कला श्रेष्ठ,स्वास्थ्य शाखा प्रमुख डङ्गोलले प्रदान गरेका थिए । साथै नेपाल वंगलादेश बैंक सिधुवा शाखाको तर्फबाट बैंकका प्रवन्धक टंक लिम्वुले झोला र चावि वितरण गर्नुभएको थियो । प्रतियोगिताको सञ्चालन गाउँपालिकाका स्वास्थ्यशाखाका सह-संयोजक दिन प्रसाद दुलालले गर्नुभएको थियो भने स्वागत मन्तव्य ताङ्खुवा स्वास्थ्यचौकी प्रमुख पुष्पराज ओझाले राख्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिकाका अन्य शाखाका पदाधिकारी सहित विभिन्न वडाका वडाध्यक्ष, सम्पूर्ण वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती थियो ।


