धनकुटामा उद्योग संचालन अझै अन्योलमा

धनकुटा खबर । कोशी पहाडी जिल्लाको प्रवेशद्धार धनकुटामा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरि तिनको प्रवद्र्धन गर्ने भन्दै २०३९ सालमै औद्योगिक क्षेत्र घोषणा गरि त्यसका लागि आवश्यक जग्गा अधिग्रहण गरिए पछि लामो समय पछि पूर्वाधार निर्माणको काम अघि बढ्यो भवन निर्माण सम्पन भयो , तर अझै पनि कार्यविधि तयार हुन नसक्दा उद्योगहरु सञ्चालनमा आउन सकेको छैन ।

औद्योगिक ग्रामको निमार्ण कार्य भई रहदा संघिय सरकारका तत्कालिन उद्योग मन्त्री मातृका यादवले प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयलाई औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरे यसरी प्रदेश सरकारलाई हस्तान्तरण गरि सकिएपछि पनि औद्योगिक ग्राम सञ्चालनमा ढीलाई भएको छ ।

सरोकारवाला निकायहरु सँग समन्वय नहुदाँ आवश्यक कार्यविधि वनाई सञ्चालन गर्ने भनिएको भए पनि प्रदेश सरकारवाट स्वकृती नआएकोले उद्योग स्थापनाको काम रोकिएको घरेलु कार्यालय धनकुटाकी लेखाप्रमुख गीताचरी आचार्य जानकारी दिईन् ।

ग्राम सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिएको लेखा प्रमुख आचार्य वताउनु हुन्छ तर अझै पनि कार्यविधि पनि नवनेको र औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको हुँदा विनियोजित रकम समेत खर्च हुन नसकेको उनको भनाई छ ।

पहाडी क्षेत्रको उद्योगी व्यवसायी र साना लगानीमा सञ्चालन हुने लघु तथा घरेलु उद्योगहरुलाई एउटै थलोवाट सेवा प्रदान गर्ने र वजार व्यवस्थापनमा समेत टेवा पु¥याउने औद्योगिक ग्रामको मुख्य उद्येश्य रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।