जुडोमा देविका र स्वीमिङमा गौरिकाले नेपालका लागि दिलाए स्वर्ण पदक
काठमाडौं, २२ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्र्तगत आइतबार भएको जुडो खेलमा नेपालले स्वर्ण पदक बटुल्न सफल भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जारी जुडोमा नेपालका लागि देविका खड्काले स्वर्ण पदक दिलाएका हुन् ।
महिलाहरुको ५२ केजी तौल समूहमा खड्काले भारतीय प्रतिद्धन्द्धी गायत्री तोकासलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन् । यस स्पर्धाको काँस्य पदक बंगलादेश र श्रीलंकाको पक्षमा गएको छ ।

त्यस्तै ३ औं दक्षिण एसियाली खेलकुद (साग) पुनः गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । आइतबार महिला तर्फको ४ सय मिटर फ्रीस्टाइल स्वीमिङमा गौरिकाले स्वर्ण हात पारेका हुन् ।
गौरिका सिंहले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेण्डमा पार गर्दै पुनः स्वर्ण जितेकी हुन् । यस अगाडि गौरिकाले सागको इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी थिइन् ।


