म देउवाको चा’कडी गरेर आएको व्यक्ति होईन : महत (भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफू सभापति शेरबहादुर देउवाको चाकडी गरेर आजको स्थानमा नआएको स्पष्ट पारेका छन् । उनले भने-“म त लोकतन्त्रको लागि ७ कक्षमा पढ्दा जेल परेको मान्छे हुँ । मलाई कसैको चाकडी गर्नु छैन् । म कसैले बनाईदिएर यत्तिकै आएको होईन् ।”

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् । महतले कांग्रेसमा अब एक जना व्यक्तिलाई दोष दिएर उम्किने अवस्था भने नभएको जिकिर गरे ।

उनले भने,”अब नेताहरुले आफू केन्द्रित प्रवृत्ति छोड्नुपर्ने बेला आएको छ । बरु, पार्टीको विचार केन्द्रविन्दूमा राखेर जनताको बीचमा जाने कुरालाई केन्द्रविन्दूमा अघि बढ्नुपर्छ ।”

उनले कांग्रेसको अहिलेको नेतृत्वमा चुनाव जाँदा नै विजयी हासिल गर्ने दाबी गरे । उनले भने,”यही नेतृत्वमा चुनाव जाँदा कांग्रेसले जित्छ ।” महतले कम्युनिष्टको विचार र संस्कार असफल भएको पनि दाबी गरे । तर, कांग्रेसले कम्युनिष्टबाट उनीहरुकोजस्तै प्रचारशैली र संगठनको शैली सिक्नुपर्ने पनि उनले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।